रास्वपाको समानुपातिक सूचीमा जेनजी आन्दोलनका घाइते बोहोरा

घाइते प्रकाश बाेहाेरा (दायाँ)

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका प्रकाश बोहोरा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार सूचीमा परेका छन् । 

निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीमा रास्वपाको खस आर्यतर्फको चौथो सूचीमा बोहोराको नाम छ । 

जेनजी आन्दोलनको क्रममा उनको खुट्टामा गोली लागेको थियो । आन्दोलनको क्रममा रक्ताम्मे भएको जुत्ता उनै बोहोराको हो । 

बालेन्द्र शाह (बालेन)ले उनलाई समानुपातिक सूचीमा पारेका हुन् ।

null

Share News