बालेनले मधेश पुगेर भने : भाषण होइन, काम गरेर देखाउँछु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले भाषण नभई काम गरेर देखाउने बताएका छन् ।  रास्वपाले सोमबार जनकपुरमा आयोजना गरेको उद्घोष कार्यक्रममा उनले आफूले भाषण भन्दा पनि काम गरेर देखाउने बताएका हुन् । 

बालेनले भने, ‘म काम गर्ने मान्छे हुँ, भाषण होइन । काम गरेको हेर्न चाहनुहुन्छ ?’

उनले आफूलाई काठमाडौंका जनताले काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित गरेपछि काम गरेर देखाएको धारणा राखे ।

‘काठमाडौंबासीले मेरो काम देखिसकेका छन् । अब यहाँहरू पनि मेरो काम हेर्न चाहनुहुन्छ भने रास्वपामा मतदान गर्नुहोस्,’ उनले भने।  

यस्तै, उनले संघीयतालाई बलियो बनाउन प्रदेश संरचनालाई बलियो बनाउनुपर्ने बताए । 

उनले वीरगन्जको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्नका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गरे मात्र प्रदेश बलियो हुने उनले बताए ।

उनले देश र मधेसको विकासका लागि रास्वपालाई भोट दिनुपर्ने धारणा राखे । 
 

उनले मधेसको छोरो प्रधानमन्त्री बन्ने भएर मात्रै होइन, सही नेता र सही व्यक्ति निर्वाचित हुने भएकोले घण्टीमा भोट हाल्नुपर्ने बताएका हुन् ।

उनले उखु किसानले माइतीघरमा प्रदर्शन गर्दा आफू टुलुटुलु हेरेर बस्न बाध्य भएको तर अब देशको प्रधानमन्त्री भएर ती समस्या समाधान गर्न आफू लाग्ने दावीसमेत गरे ।

Share News