काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपालाई देशको ठूलो पार्टी बनाउने उद्घोष गरेका छन् । सोमबार जनकपुरमा आयोजित उद्घोष सभालाई सम्बोधन गर्दै उनले २०७९ मा आफू सबैभन्दा धेरै भोट ल्याउने सांसद बनेको र अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जाने धारणा राखे ।
‘हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद भएको थिएँ । अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जानेछु,’ उनले कार्यक्रममा भने ।
यस्तै, उनले अब मधेशले पहिलो प्रधानमन्त्री पाउने पनि दाबी गरे । बालेन काठमाडौं महानगरको प्रमुख हुँदा एउटा राम्रो प्रमुख प्रशासकिय अधिकृत पनि सरकारले दिन नसकेको उल्लेख गर्दै अब रास्वपाले त्यो गलत अभ्यास तोड्ने जिकिर गरे ।
उनले आजसम्म भ्रष्टाचार गरेर देशलाई भ्रष्टको अखडा बनाएको नेताहरुको पनि एक–एक हिसाब हुने धारणा राखे ।