काठमाडौं । सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । सरकारका प्रवक्ता समेत रहेका उनले पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिन लागेका हुन् ।
उनले सोमबार साढे ५ बजे पत्रकार सम्मेलनको आयोजना गरेर राजीनामा दिन लागेका हुन् । फागनु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार बन्नका लागि उनले राजीनामा दिन लागेको बुझिएको छ ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर-२ को उम्मेदवार बन्ने तयारीमा रहेको बुझिएको छ । त्यसैले पनि रास्वपाले सो क्षेत्रमा कसैलाई पनि टिकट दिएको छैन । आइतबार साँझ मात्रै खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएर रास्वपामा लागिसकेका छन् ।