सञ्चारमन्त्री खरेलले दिए राजीनामा, प्रधानमन्त्रीले के भनिन् ?

काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष सोमबार साँझ राजीनामा दिएका हुन् । प्रधानमन्त्री कार्कीले उनलाई अहिलेसम्मको योगदान र सहयोगका लागि धन्यवाद व्यक्त गरेकी छन् ।

सरकारका प्रवक्ता समेत रहेका खरेलले केही बेरमा पत्रकार सम्मेलन गर्दैछन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि उनले राजीनामा दिन लागेको बुझिएको छ । 

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर–२ को उम्मेदवार बन्ने तयारीमा रहेको बुझिएको छ । त्यसैले पनि रास्वपाले सो क्षेत्रमा कसैलाई पनि टिकट दिएको छैन । आइतबार साँझ मात्रै खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएर रास्वपामा लागिसकेका छन् ।

Share News