काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विजय स्वाँर नेपाली कांग्रेसबाट कैलाली- २ बाट उम्मेदवार बनेका छन् ।
यातायात क्षेत्रमा लामो समयदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका स्वाँरलाई कांग्रेसले टिकट दिएसँगै कैलाली-२ को प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ ।
कैलाली स्वाँरको गृहजिल्ला हो । उनले नेकपा एमालेका सूर्यबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल र नेकपाका नन्दबहादुर साउदसँग प्रतिस्पर्धा गर्नेछन् ।
यस क्षेत्रमा एमाले, कांग्रेस र रास्वपाबीचको त्रिपक्षीय भीडन्त मुख्य आकर्षणको केन्द्र रहने देखिएको छ ।
गत २०७९ सालको आमचुनावमा यस क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी भएका थिए । रेशम चौधरीको प्रभाव क्षेत्र मानिने यस ठाउँमा यसपटक कांग्रेसले स्वाँरलाई टिकट दिएपछि पुरानो नतिजा उल्टिने दाबी कांग्रेस वृत्तमा छ ।
कैलालीको विकास र स्थानीय मुद्दाहरूलाई प्राथमिकतामा राखेर चुनावी अभियान सुरु गरेका स्वाँरले परिवर्तन र समृद्धिका लागि आफ्नो उम्मेदवारी भएको बताए ।