निवर्तमान सभामुख र उपसभामुख आमुन्नेसामुन्ने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको मध्यावधि निर्वाचन नजिकिँदै जाँदा झापा जिल्ला राजनीतिक रूपमा हट केक बनेको छ । 

झापा–५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) बीचको अप्रत्याशित प्रतिस्पर्धाले राष्ट्रिय ध्यान खिचिरहेका बेला झापा–२ को चुनावी भीडन्त पनि उत्तिकै रोचक र पेचिलो बन्ने भएको छ ।

झापा–२ मा यसपटक विघटित संसद्का दुई शीर्ष पदाधिकारीहरू निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आमनेसामने भएका छन् । नेकपा एमालेबाट घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राना उम्मेदवार बनेपछि यो क्षेत्रको चुनावी प्रतिस्पर्धा थप चासोको विषय बनेको हो ।

घिमिरे २०७९ को निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको विशेष पहलमा सभामुख बनेका थिए । रास्वपाबाट समानुपातिक सांसद बन्दै राना उपसभामुख बनेकी थिइन् ।

Share News