काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट काठमाडौं क्षेत्र नं ५ मा कल्पना शर्माले औपचारिक रूपमा मनोनयन दर्ता गराएकी छन् ।
आगामी निर्वाचनलाई लक्षित गर्दै शर्माले मंगलबार (आज) निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।
मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै शर्माले जनताको आवाज संसदमा बलियो रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरिन् ।