काठमाडौं । उज्यालो नेपाल पार्टीका नेता श्री गुरुङले काठमाडौं क्षेत्र नं ५ बाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
मंगलबार (आज) सम्बन्धित निर्वाचन कार्यालयमा पुगेर गुरुङले आधिकारिक रूपमा मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले सुशासन, रोजगारी सिर्जना र स्थानीय विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउने बताएका छन् ।