सुर्खेत–१ मा पूर्णबहादुर खड्काका भाइ विष्णु खड्का बने कांग्रेसको उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले आगामी निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेपछि सुर्खेत–१ मा उनकै भाइ विष्णु खड्का उमेदवार बनेका छन् । पार्टीमा व्यापक असन्तुष्टि बढेकोवेला खड्काले आफू उम्मेदवार नहुने बताएका थिए ।

उपसभापति खड्काको उक्त घोषणापछि कांग्रेसले खड्काका भाइ विष्णु खड्कालाई टिकट प्रदान गरेको हो । 

विष्णु खड्का पार्टीको जिल्ला उपसभापति भएर सक्रिय भूमिका निभाइरहेका नेता हुन् । उनी व्यवसायी पृष्ठभूमि भएका व्यक्ति पनि हुन् । खड्कालाई जिल्लास्तरमा परिचित अनुहारको रूपमा लिइन्छ ।

जिल्लामा पूर्वउपसभापति पूर्णबहादुर खड्काको राजनीतिक प्रभाव र क्षेत्रीय पहुँचले विष्णु खड्काको उम्मेदवारीलाई बल प्रदान गर्ने सम्भावना छ ।

Share News