माधवकुमार नेपाल बने रौतहट १ बाट प्रतिनिधि सभाको उम्मेदवार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनी रौतहट क्षेत्र नं १ बाट चुनावी मैदानमा उत्रिएका हुन् ।

उम्मेदवारी दर्ता गराउने क्रममा नेपालले पार्टीका स्थानीय कार्यकर्ता तथा समर्थकसँग भेटघाट गरेका थिए । उनले आफ्नो चुनावी अभियान सबल लोकतन्त्र, समृद्ध रौतहट भन्ने नारासहित सुरु गर्ने बताएका छन् ।

उनले निर्वाचनमा अन्य प्रमुख प्रतिस्पर्धीहरूसँग मतदाता माझ आफ्नो राजनीतिक अनुभव, विकासमुखी योजना र सामाजिक न्याय सुनिश्चित गर्ने अठोट प्रस्तुत गर्ने बताएका छन् ।

Share News