रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत, पर्साबाट १ करोड धरौटी माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि पर्सा जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी तोकेको छ । अदालतले लामिछानेलाई सम्बन्धित मुद्दामा उपस्थित हुन र तोकिएको धरौटी रकम बुझाउन आदेश दिएको हो ।

पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार अदालतले तोकेको १ करोड रुपैयाँ धरौटी अझै भुक्तानी हुन बाँकी छ । उनले भने, ‘धरौटी रकम जम्मा गर्दै रहेको भन्ने सुचना आएको छ ।’

वीरगञ्जमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको वचत रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

तहसिलदार भट्टराईका अनुसार उक्त मुद्दामा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटी माग गर्ने निर्णय भएको हो ।

Share News