काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका छन्।
पौडेलले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअगाडि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पौडेलले क्षेत्र नम्बर ५ बाटै विजयी भएका थिए ।
उनले एमालेका ईश्वर पोखरेललाई पराजित गरेका हुन् । पोखरेलले पनि क्षेत्र नम्बर ५ बाटै उम्मेदवारी दर्ता गराएका छन् ।