कमल थापाका भाञ्जा प्रबल थापा कांग्रेसबाट काठमाडौं–१ मा उम्मेदवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाका भाञ्जा प्रबल थापा नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर एकमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । 

कांग्रेसले उनलाई उक्त निर्वाचन क्षेत्रबाट आधिकारिक उम्मेदवारका रूपमा अघि सारेको हो ।

प्रबल थापा नेपाली कांग्रेसको प्रदेश क्षेत्रीय समितिका सचिव हुन् । पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थापालाई यसपटक केन्द्रीय नेतृत्वले काठमाडौं–१ को जिम्मेवारी दिएको हो ।

यस निर्वाचन क्षेत्रमा यसअघि पार्टीका वरिष्ठ नेता प्रकाशमान सिंह निरन्तर निर्वाचन लड्दै आएका थिए । तर यसपटक सिंहलाई टिकट नदिएर कांग्रेसले नयाँ अनुहारका रूपमा प्रबल थापालाई अघि सारेको हो ।

Share News