काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो घोषणापत्र माघ १६ गतेसम्म सार्वजनिक गर्ने योजना बनाएको छ ।
पार्टीका प्रवक्ता देवराज चालिसेले घोषणापत्रमा देशको समग्र विकास, जनजीवन सुधार र सामाजिक न्याय सुनिश्चित गर्ने व्यापक योजना समेटिने जानकारी दिए ।
घोषणापत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास, कृषिमा आधुनिकीकरण, युवा तथा महिला सशक्तिकरण र सामाजिक समावेशीकरणजस्ता क्षेत्रलाई विशेष प्राथमिकता दिइने चालिसेले बताए ।
प्रवक्ता चालिसेका अनुसार पार्टीले आर्थिक सुधार, निजी क्षेत्रको प्रोत्साहन, गरिबी निवारण र दिगो विकासका कार्यक्रमसमेत समावेश गरिनेछ ।
पार्टीले आफ्नो घोषणापत्रमार्फत आगामी पाँच वर्षका लागि राष्ट्रिय विकास, सुशासन र जनअधिकार सुनिश्चित गर्ने प्रतिवद्धता जनाउने छ ।
चालिसेका अनुसार यस पटकको घोषणापत्र चुनावी नीतिलाई मात्र नभई आगामी सरकार सञ्चालनका रणनीतिलाई पनि स्पष्ट पार्ने उद्देश्यले तयार पारिँदैछ ।