रवि लामिछानेले गरे वारेसमार्फत उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन– २ बाट उम्मेदवारी दर्ता गरेका छन् ।

लामिछानेले वारेसमार्फत उम्मेदवारी दर्ता गरेका हुन् । 

पर्सा जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटी तोकी सम्बन्धित मुद्दामा उपस्थित हुन आदेश दिएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गरिएको हो ।

लामिछाने २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । नक्कली नागरिकता विवादले उनको संसद पद खारेज भएको थियो । त्यसपछि लगत्तै भएको उपनिर्वाचनमा पनि उनी विजयी भएका थिए । 

Share News