काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फका लागि मंगलबार साँझ ५ बजेसम्म कुल २ हजार ६५५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार कुल दर्ता भएका उम्मेदवारमध्ये महिलाको संख्या भने ३०३ रहेको छ ।
उमेदवारी दर्ता गर्ने पुरुष उम्मेदवार २ हजार ३५२ जना रहेको आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
उनका अनुसार साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयभित्र प्रवेश गरिसकेका उम्मेदवारले उम्मेदवारी दर्ता गर्न पाउनेछन् ।
आयोगका अनुसार केही जिल्लामा उम्मेदवारी दर्ता प्रक्रिया रातिसम्म चल्ने सम्भावना रहेको छ ।