काठमाडौं–४ मा कांग्रेसबाट सचिन तिमल्सिनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सचिन तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले मंगलबार (आज) उम्मेदवारी दर्ता गराएका हुन् । 

सचिव तिमल्सिना काठमाडौं महानगर- ३०, ज्ञानेश्वरका बासिन्दा हुन् । 

यसअगाडि  उक्त ठाउँमा कांग्रेस सभापति गगन थापाले चुनाव लड्दै आएका थिए । यस क्षेत्रबाट पछिल्ला तीन निर्वाचनमा उनी लगातार निर्वाचित भएका थिए । तिमल्सिना थापा निकट मानिन्छन् ।

सभापति थापा भने सर्लाही–४ बाट चुनाव लड्दैछन् । 

Share News