राजन भट्टराईले गरे काठमाडौं- ४ मा उम्मेदवारी दर्ता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेकपा एमालेका नेता राजन भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।

नेता भट्टराई यसअघि दुईपटक गगन थापासँग पराजित भएका थिए । थापाले सर्लाही- ४ बाट उम्मेदवारी दिने भएपछि भट्टराई अन्तिम समयमा उम्मेदवार बन्न आइपुगेका हुन् ।

सो क्षेत्रमा कांग्रेसले सचिन तिमल्सिना र रास्वपाले पुकार बमलाई उम्मेदवार बनाएको छ ।  

Share News