बैतडीबाट पूर्वउद्योगमन्त्री दामोदर भण्डारीले गरे मनोनयन दर्ता

काठमाडौं । पूर्वउद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं एमाले केन्द्रीय सदस्य दामोदर भण्डारीले बैतडीबाट मनोनयन दर्ता गराएर चुनावी मैदानमा होमिएका छन् । मंगलबार बिहान उनले मनोनयन दर्ता गराएर चुनावी मैदानमा होमिएका हुन् । 

दुईपटक उद्योगमन्त्री भइसकेका भण्डारीलाई यसपटक चौतर्फी घेराबन्दी छ । उनले नेपाली कांग्रेसका चतुरबहादुर चन्द, रास्वपाका हरिमोहन भण्डारी र नेकपाका परमानन्द भट्टसँग प्रतिस्पर्धा गर्नेछन् । 

भण्डारी २०७० सालको संविधान सभा, २०७४ र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा बैतडीबाट विजयी भएका थिए । भण्डारीले २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ६११ मत ल्याएका थिए । 

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनका नरेन्द्र कुँवरले ३२ हजार ८० मत ल्याएका थिए ।


 

Share News