काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् ।
थापाले सर्लाही- ४ मा मधेस प्रदेशसभा सदस्य वीरेन्द्र सिंहको वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
समयको चापका कारण उपस्थित हुन नसकेपछि उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअगाडि सभापति थापा काठमाडौं- ४ बाट चुनाव लड्दै आएका थिए । कांग्रेसबाट ४ मा सचिन तिमल्सेनाले उम्मेदवारी दर्ता गराएका छन् । तिमल्सेना थापानिकट मानिन्छन् ।