एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले गरे उम्मेदवारी दर्ता

काठमाडौं । आगामी निर्वाचनका लागि लमजुङमा नेकपा(एमाले) को तर्फबाट केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । 

आगामी २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले उपाध्यक्ष गुरुङले लमजुङ बेँसीसहर नगरपालिका-८ मा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा आज पुगेर आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । 

पूर्वसञ्चारमन्त्रीसमेत रहेका पृथ्वीसुब्बा विसं २०४३ को जनपक्षीय उम्मेदवार बन्दै पटकपटक निर्वाचनमा उम्मेदवार बन्दै आएका छन् । 
 

Share News