असार मसान्तसम्मको दाबी लिन बीमितलाई आईजीआई प्रुडेन्सियलको अनुरोध


काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बीमितलाई असरा मसान्तसम्मको दाबी बापत्को रकम लिन अनुरोध गरेको छ । कम्पनीले २०८२ असार मसान्तसम्ममा क्षति भई कम्पनीमा प्राप्त हुन आएका दाबी बापतको रकम लिन आह्वान गरेको हो ।

कम्पनीका अनुसार हालसम्म दाबी सम्बन्धमा सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेश नभएको र सम्पर्कमा नआएका बीमितलाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक कागजात सहित कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी दाबी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

तोकिएको समयावधिभित्र पनि आवश्यक कागजातसहित सम्पर्कमा नआएमा बीमितको दाबीको फाइल बन्द गरिने कम्पनीले सूचनामा उल्लेख गरेको छ । 

Share News