सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला सुन दुई हजार ९०० रुपैयाँ र चाँदी ५० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९२ हजार २०० रुपैयाँ त्यति नै चाँदीको मोल पाँच हजार ८७० रुपैयाँ कायम भएको छ ।  

बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ र त्यति नै चाँदीको मोल पाँच हजार ९२० रुपैयाँ कायम भएको थियो । मंगलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० रुपैयाँ त्यति नै चाँदीको मोल पाँच हजार ८८० रुपैयाँ कायम भएको थियो ।

गत आइतबार एक तोला सुन दुई लाख ७८ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार एक तोला सुन दुई लाख ८२ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ८१० रुपैयाँमा खरिदबिक्री  भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६९५ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।   

Share News