थापा नेतृत्वको कांग्रेस कार्यसमिति पहिलोपटक सानेपा जाँदै, भोलि केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने भएको छ ।

पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्वाचित भएका थिए । तर, थापा नेतृत्वको कार्यसमिति निर्वाचित भएयता अहिलेसम्म केन्द्रीय कार्यालय सानेपा पुगेको थिएन ।

कांग्रेस प्रवक्ता देवराज अर्यालका अनुसार केन्द्रीय कार्य समिति बैठक शुक्रबार मध्यान्ह १ वजे बस्न लागेको हो ।

यसबीच दुई पटक केन्द्रीय कार्यसमिति बैठक तथा संसदीय बोर्ड बैठक पार्टी प्यालेस र विभिन्न होटलहरूमा बसेका थिए । 

प्रवक्ता चालिसेले भोलि कार्यसमितिको औपचारिक रूपमा केन्द्रीय कार्यालय सानेपा जाने र त्यहीँ केन्द्रीय समिति बैठक बस्ने जानकारी दिए । 

Share News