अल्पसंख्यकलक्षित अभिव्यक्तिमा राप्रपा उम्मेदवार भण्डारी विवादमा, निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी विवादमा तानिएका छन् ।

आयोगले भण्डारीलाई पत्राचार गर्दै उक्त अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएकोले सचेत गराएको छ।

भण्डारीले अल्पसंख्यक समुदायलाई लक्षित गरेको भनिएको अभिव्यक्तिका कारण निर्वाचन आयोगले उनीसँग लिखित स्पष्टीकरणसमेत माग गरेको छ । 

आयोगले सार्वजनिक रूपमा गरिएको उक्त भनाइले निर्वाचनको मर्यादा र आचारसंहिता उल्लङ्घन गरेकोले यसबारे स्पष्ट र औपचारिक जवाफ पेश गर्न निर्देशन दिएको छ ।

null

Share News