काठमाडौं । अल न्यू हुन्डाई पालिसेडले २०२६ नर्थ अमेरिकन युटिलिटी भेहिकल अफ द इयर उपाधि पाएको छ।
नर्थ अमेरिकन कार, युटिलिटी एन्ड ट्रक अफ द इयर (एनएसीटीओवाई) निर्णायक मण्डलले पालिसेडलाई उक्त उपाधि दिएको हो ।
एनएसीटीओवाई पुरस्कार अमेरिका र क्यानडाका ५० स्वतन्त्र अटोमोबाइल पत्रकारको निर्णायक मण्डलले निर्धारण गर्छ ।
छापा, डिजिटल, टेलिभिजन, रेडियो र सामाजिक सञ्जाल प्रतिनिधित्व गर्ने यी पत्रकारहरूले दीर्घकालीन ड्राइभिङ, तुलनात्मक परीक्षण तथा डिजाइन, प्रदर्शन, नवप्रवर्तन, सुरक्षा र मूल्यका सूक्ष्म मूल्याङ्कनसहितको प्रक्रियाबाट सवारीसाधनको समीक्षा गर्छन् ।
हुन्डाई मोटरको फ्ल्यागशिप एसयूभी ‘नयाँ पालिसेड’ ले धेरैको ध्यान खिचेको छ । यसमा इन्धनबाट चल्ने परम्परागत इन्जिन (आईसीई) मात्र होइन, नयाँ पुस्ताको दक्ष हाइब्रिड विकल्प पनि उपलब्ध छ । यही कारणले पालिसेडलाई शक्तिशाली, भरपर्दो र विभिन्न आवश्यकतामा प्रयोग गर्न मिल्ने एसयूभीका रूपमा मान्यता मिलेको हो ।
यसले विशाल र प्रिमियम इन्टेरियर, सहज प्रविधि तथा परिवारमैत्री सुरक्षा र सुविधाबाट पनि आफूलाई अलग बनाएको छ ।
हालै आएको नेक्स्ट जेनेरेसन हाइब्रिड भेरियन्टले ग्यालोनमा ३४ माइलको माइलेज दिन्छ । यसैगरी, ६०० माइलभन्दा बढीको ड्राइभिङ रेन्ज रहेको छ । यसमा शक्तिशाली र स्मूथ भी सिक्स इन्जिन पनि छ, जसले प्रदर्शनमा कुनै सम्झौता गर्दैन।
२०२५ मा अमेरिकामा पालिसेडको रेकर्ड बिक्री भयो । रिटेल बिक्री १७ प्रतिशतले बढ्दा कुल बिक्री १३ प्रतिशतले वृद्धि भएकाे हाे ।
१९९४ मा स्थापना भएको एनएसीटीओवाई कुनै एकल मिडिया संस्थासँग आबद्ध नभएको सबैभन्दा दीर्घकालीन सवारी पुरस्कार कार्यक्रम हो । यसको स्वतन्त्रता, कडा मूल्याङ्कन प्रक्रिया र विविध निर्णायक मण्डलका कारण यी पुरस्कारहरू विश्वव्यापी अटोमोबाइल उद्योगका सबैभन्दा विश्वसनीय र प्रतिष्ठित सम्मानमध्ये पर्छन् ।