निर्वाचन आयोगले भन्यो– डिप फेकबाट बचौं, आधिकारिक सूचनालाई विश्वास गर्नू

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको समयमा ‘डिप फेक’ बच्न आग्रह गरेको छ। 

निर्वाचन लक्षित सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट डिप फेकबाट भ्रामक सूचना प्रसारित हुने भएकाले गलत सूचनालाई विश्वास नगर्न तथा आधिकारीकतालाई मात्र विश्वास गर्न अनुरोध गरेको हो ।

‘गहिरो भ्रम एक यस्तो तरिका हो । जसमा कृत्रिम बाैद्धिकताको प्रयोग गरी श्रव्यदृश्य सामग्री उत्पादन गरी सोको प्रयोगमार्फत विद्यमान तस्बिर, आवाज र भिडियोको मिश्रणबाट मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति र भ्रामक समाचार तयार गरिन्छ,’ आयोगले जारी गरेको सूचनामा बताइएको छ, आधिकारिक स्रोतलाई मात्र विश्वास गरौं ।’

null

Share News