काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ ।
उनले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचन आयोगले तीनवटा उम्मेदवारविरुद्ध परेको उजुरी खारेज भइसकेको जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीबाट उम्मेदवार बनेकी जानुका पाठकविरूद्ध उजुरी परेको थियो । यी दुवै उजुरी खारेज भएका हुन् ।
त्यसैगरी, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारी विरुद्ध परेको उजुरी पनि खारेज भएको छ ।
रास्वपाका लालविक्रम थापाविरुद्ध परेको उजुरीउपर छलफल भइरहेको आयोगले जनाएको छ ।