काठमाडौं । नगद ४९ हजार रुपैयाँसहित सुनका गहनाहरू चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।
मंगलबार करिब १० बजे काठमाडौं महानगरपालिका - सेतोपुल नजिक प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले बा ६३ प ७०५५ नम्बरको स्कुटरमा सवार संखुवासभा, खाँदबारी नगरपालिका ९ का मैतिदेवी बस्ने ३७ वर्षीय केभव देवान र पाँचथर, फाल्गुनन्द गाउँपालिका ६ का रातोपुल बस्ने २६ वर्षीय कमल लिम्बुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उनीहरूको साथबाट सुन जस्तो देखिने पहेंलो धातुको तिलहरी २ थान र चन्द्रमा थान, नगद उनन्चास हजार तीन सय, सिरिन्ज ११ थान, एम्पुल २ थान र खुर्सानीको धुलो १ प्याकेटसहित उनीहरूलाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।
काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।
