काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ७३.५४ प्रतिशत बढेर ६ करोड ६८ लाख ६९ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ४१ लाख ८२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
चालु आवको पुस मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ४ प्रतिशत घटेर १० करोड ७६ लाख २४ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ११ करोड २१ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस्तै दोस्रो त्रैमासमा लघुवित्तको खुद शुल्क तथा कमिशन आम्दानी २१ प्रतिशत बढेर २४ लाख ६० हजार रुपैयाँ, सञ्चालन नाफा ६९.४८ प्रतिशत बढेर १० करोड ९६ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी १.७२ प्रतिशत घटेर ११ करोड २१ लाख ६८ हजार रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ६८ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा वितरणयोग्य नाफा ३ करोड ६७ लाख रुपैयाँ थियो ।
१ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा २६ करोड २३ हजार रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी २६.३७ प्रतिशत घटेर ५ अर्ब १ करोड ३७ लाख रुपैयाँ र कर्जा लगानी १५.३३ प्रतिशत घटेर ५ अर्ब ३१ करोड ३० लाख रुपैयाँ रहेको छ ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी ५.४७ रुपैयाँ बढेर १४.८३ रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२५.१५ रुपैयाँ रहेको छ ।
गत वर्षको पुसमा २.७१ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुसमा ०.१३ प्रतिशत घटेर २.८४ प्रतिशतमा झारेको छ । यस्तै, पुस मसान्तसम्ममा लघुवित्तको आधार दर ६.४३ प्रतिशत र कस्ट अफ फण्ड ५.५० प्रतिशत रहेको छ ।