मनाङमा एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन दिए निवेदन

काठमाडौं । मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिन निवेदन दिएका छन् । 

निर्वाचन कार्यालयका सूचना अधिकारी गोविन्द अर्यालका अनुसार केहीबेरअघि एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपाका उम्मेदवार कुविरसिंह गुरुङले उम्मेदवारी फिर्ता लिनेसम्बन्धी निवेदन दिएका हुन् ।

‘उहाँहरूले उम्मेदवारी फिर्ता गरिपाऊँ भनेर निवेदन दिनुभएको छ । निवेदन दर्ता भइसकेको छ,’ अर्यालले बताए । 

उनका अनुसार कानुनी प्रक्रिया अनुसार दिउँसो १ बजेपछि उम्मेदवारी फिर्ता लिने प्रक्रिया औपचारिक रूपमा पूरा हुनेछ ।

Share News