डा. भट्टराईले गोरखा २ बाट उम्मेदवारी फिर्ता लिए

फाइल तस्बिर ।

काठमाडौं । गोरखा २ बाट डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार उनले सामाजिक सञ्जालमा बोल्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

उम्मेदवारी फिर्ता लिनुअघि आफूलाई विभिन्न दलका व्यक्तिले साझा व्यक्तिका रूपमा रहन उपयुक्त हुने र उमेदवार बन्दै गर्दा भूमिका संकुचित हुने भनेर उम्मेदवारी फिर्ता लिन सुझाव दिएको भट्टराईले बताए । 

उनले बाहिर रहेर नै दलहरूलाई सघाउने पनि बताएका छन् ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले डा. बाबुराम भट्टराईलाई गोरखा २ बाट उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । 

उनले भट्टराईलाई आगामी दिनमा राजकाजका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उदारतापूर्वक सहयोग गर्न अनुरोध गरेका हुन् ।

भट्टराईले गत निर्वाचनमा आफूले उम्मेदवारी नदिई तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेका थिए । 
 

Share News