'बदल्यौं कांग्रेस, बदल्छौं देश’-गगन थापा

काठमाडौं । नेपाली कांग्रेसले नयाँ नेतृत्वसहित आफ्नो केन्द्रीय कार्यालयबाट नयाँ यात्रा सुरु गरेको छ । नवनिर्वाचित सभापति गगनकुमार थापाले केन्द्रीय कार्यालय, सानेपामा पद बहाल गरेसँगै  आफ्नो संकल्पसमेत सार्वजनिक गरेका छन् ।

सभापति थापाले बैठकको माइन्युटमा ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नारासहित आफ्नो कार्यकाल सुरु गरेका हुन् । 

थापाले माइन्युटमा लेखेका छन् ‘हाम्रो केवल एक ध्येय छ–  देशको समुन्नति ।’

उनले आफ्नो नयाँ नेतृत्वको माध्यमबाट आगामी राजनीतिक चुनौतीहरू सामना गर्ने र देशको समृद्धिका लागि योगदान दिने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । 

थापाको उक्त प्रतिवद्धतालाई कांग्रेसले प्रेस विज्ञप्तिमार्फत जानकारी दिँदै कार्यकर्ता र सदस्यहरूलाई एकजुट भएर पार्टीको लक्ष्य पुरा गर्न जोड दिएको छ ।

null

 

Share News