एक तोला सुनको मूल्य तीन लाख ३ हजार ८ सय रुपैयाँ पुग्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । शुक्रबारको तुलनामा आइतबार प्रतितोला सुन दुई हजार ४०० रुपैयाँ र चाँदी दुई सय ९० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला छापावाल सुनको मूल्य तीन लाख तीन हजार ८०० रुपैयाँ त्यति नै चाँदीको मोल छ हजार ४८० रुपैयाँ कायम भएको छ । 

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ४०० रुपैयाँ र त्यति नै चाँदीको मोल छ हजार १९० रुपैयाँ कायम भएको थियो ।     

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

Share News