कजारियाको नयाँ शोरुम विराटनगरमा

विराटनगर । कजारियाले पूर्वी नेपालमा आफ्नो उपस्थिति थप सुदृढ गर्दै विराटनगरको मुनाल पथमा नयाँ शोरुमको उद्घाटन गरेको छ । 

न्यु ज्योति ट्रेडर्सद्वारा सञ्चालित यस शोरुमले विराटनगर र आसपासका क्षेत्रमा गुणस्तरीय टायलको बढ्दो माग पूरा गर्ने लक्ष्य राखेको छ ।

कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवालले रिबन काटेर शोरूमको औपचारिक उद्घाटन गरे । 

विराटनगरको नयाँ शोरुममा आवासीय, व्यावसायिक र वास्तुकलासम्बन्धी प्रयोजनका लागि विभिन्न आधुनिक र ग्राहक–मैत्री डिजाइनका प्रिमियम टायलहरू उपलब्ध छन् । 

कजारिया रमेश टायल्सले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उद्योगमार्फत ३ हजारभन्दा बढी डिजाइन विकल्पहरू प्रदान गर्दै आएको छ ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका टायल उत्पादनहरू बलियो, दीगो, पानी तथा दाग प्रतिरोधी हुने साथै आधुनिक डिजाइनमा उपलब्ध छन् । 

कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०*१२० सेमी, ६०*६० सेमी, १९.५*१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०*४०सेमी) तथा सेरामिक वाल टायल (३०*६० सेमी, ३०*४५ सेमी) समावेश छन् । यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन् ।

Share News