काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा बैंकर बुद्धि अकेला नियुक्त भएका छन् ।
अकेकाले बिहीबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरे । उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम शपथ लिएका हुन् ।
संस्थाको सञ्चालक समितिको २०८२ पुस २९ गते बसेको २१६ औं बैठकले अकेलालाई सर्वसम्मत रूपमा अध्यक्षमा पुनः चयन गरेको थियो ।
अकेला ग्लोबल आइएमई लघुवित्त वित्तीय वित्तीय संस्थाको नामवाट कारोबार भएदेखि नै संस्थापक (ग्लोबल आइएमई बैंक लिमिटेड) समूहको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्षको जिम्मेवारी सम्हालिरहेका अनुभवी बैंकर हुन् । हाल उनी सो बैंकमा डीजीएम पदमा रूपमा कार्यरत छन् ।
शपथग्रहण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरिकृष्ण जोशी तथा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) श्रीराम पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।