काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान सांसद राजेन्द्र बजगाईंले पार्टीभित्रका केही व्यक्तिसँग असन्तोष राख्दै पार्टी छोड्ने निर्णय गरेका छन् ।
बजगाईंले सामाजिक सञ्जालमा लैख्दै केही व्यक्तिका गलत गतिविधिका कारण कांग्रेसबाट अलग हुने सोचमा पुगेको बताए ।
सामाजिक सञ्जाल एक्समार्फत उनले भारी मनले यस्तो निर्णयको नजिक पुगेको उल्लेख गरे ।
कांग्रेस आफैमा दोषी नभए पनि केही सीमित पात्रको व्यवहार र प्रवृत्तिले आफूलाई पार्टी छाड्ने अवस्थासम्म पुर्याएको बजगाईंको भनाइ छ ।
सुुरुदेखि नै सभापति देउवाको विपक्षमा रहेका बजगाईं २०७९ मा गोरखावाट प्रतिनिधि सभा सदस्यमा समेत निर्वाचित भएका थिए ।