काठमाडौं । अजरबैजान पठाउने भन्दै चार जनालाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भोजपुरका महेन्द्र विश्वकर्मालाई पक्राउ गरेको हो ।
अजरबैजान लैजाने भन्दै ४ लाख रुपैयाँ ठगी गरी लामो समयसम्म झुक्याएकाले उनलाई पक्राउ गरिएको अनुसन्धान कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिका ३१ बाट उनलाई पक्राउ गरिएको हो ।
भोजपुर हतुवागढी ९ का विश्वकर्मालाई अनुसन्धानका लागि कारवाही गर्न वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको कार्यालयले जनाएको छ ।