काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले अधिवक्ता स्वागत नेपाललाई सोधपुछ गरेको छ । केही दिनअघि ब्यूरोमा बोलाएर नेपाललाई विद्युतीय अपराध ऐनविपरीतको कसुर गरेको आरोपमा सोधपुछ सोधपुछ गरेको हो।
‘लोक आवाज’ नामको युट्युबमा दिएका अन्तर्वातामा उनले ‘जसले पृथ्वीनारायण शाहको विरोध गर्छ, त्यसको टाउको काटिन्छ, काट्नु पर्छ र म काट्न तयार हुन्छु,’ भनेका थिए ।
भड्किलो अभिव्यक्ति दिएको र त्यसबारे बुझ्न भन्दै उनलाई ब्यूरोमा बोलाइएको एसपी दीपकराज अवस्थीले उल्लेख गरेका छन् ।
‘ब्यूरोमा उपस्थित गराएर सोधपुछ गर्दा अब उप्रान्त यस्तो गलत अर्थ लाग्ने अभिव्यक्ति दिने छैन, कानुनको पालना गर्ने गरी अभिव्यक्ति दिनेछु भनी लिखत कागज गर्नु भएकाले खोजी भएका बेला उपस्थित हुने गरी घटनाको अनुसन्धान भइरहेको छ,’ अवस्थीले भने ।
सामाजिक सञ्जाल र अन्य डिजिटल प्लेटफर्ममा कानुन विपरीतका अभिव्यक्ति दिने तथा श्रव्यदृश्य सामग्री पाेस्ट गर्नेविरुद्धसमेत ब्यूरोले निगरानी भइरहेको बताएको छ ।
फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर २ मा नेपालले उम्मेदवारी दिएका छन् ।
