सपोर्ट लघुवित्तको नाफामा १०४.८३ प्रतिशत उछाल, ईपीएस ५१.८७ रुपैयाँ

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १०४.८३ प्रतिशत बढेर ३ करोड १७ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । लघुवित्तले गत वर्षको सोही अवधिमा १ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । 

चालु आर्थिक वर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ७३.२० प्रतिशत बढेर ८ करोड ९४ लाख ४९ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड १६ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

चालु आवको दोस्रो त्रैमासमा लघुवित्तको खुद शुल्क तथा कमिसन आम्दानी ११.९० प्रतिशत बढेर ७ लाख ९० हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६०.२१ प्रतिशत बढेर १० करोड ३९ लाख १० हजार रुपैयाँ र सञ्चालन नाफा ७३.८३ प्रतिशत बढेर ३ करोड ८४ लाख ९९ हजार रुपैयाँ गरेको छ । 

लघुवित्तको वितरणयोग्य नाफा ४ करोड ४० लाख रुपैयाँ रहेको छ । १२ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा १० करोड ८९ लाख रुपैयाँ सञ्चित छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) २६.५५ रुपैयाँ बढेर ५१.८७ रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.३७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८९.१ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा १.४३ प्रतिशत बढेर ३.१७ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा १.७४ प्रतिशत खराब कर्जा थियो । 

Share News