जमलमा माइक्रो, मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजना घाइते

काठमाडौं । काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि तीनवटा सवारीसाधन एक-आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

मंगलबार (आज) केहीबेरअघि मोटरसाइकल, स्कुटर र एउटा माइक्रो एक-आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

दुर्घटनामा परेर एक जना घाइते भएका छन् ।

‘मोटरसाइकलमा आगो लागेको छ । मोटरसाइकल चालक सामान्य घाइते भएका छन्,’ एसपी भट्टराईले भने,’ आगलागी नियन्त्रणमा आइसकेको छ ।’

Share News