कांग्रेसले दुई दिन बिराएर नियमित पत्रकार सम्मेल गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टी कार्यालयमा निर्वाचन प्रचारप्रसारको विषयलाई लिएर नियमित पत्रकार सम्मेलन गर्ने भएको छ । 

दुई दिनमा दिउँसो ४  बजे पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार संवाद कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने भएको हो । 

यो कार्यक्रमको संयोजन नेपाल प्रेस युनियनले गर्ने प्रतिनिधिसभा सदस्य निर्वाचन- २०८२ केन्द्रीय प्रचार प्रसार समितिले जनाएको छ । 

पार्टीका प्रवक्ता देवराज चालिसेले समकालीन राजनीतिक, वैचारिक, नीतिगत तथा समसामयिक विषयमा प्रत्येक दुई दिनमा डबली संवाद कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । 

Share News