काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको आरोप लागेका पूर्व सांसद ढाका कुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । उनी मंगलबार हर्क राई (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेका श्रेष्ठ आफू स्वास्थ्य मन्त्री बनेपछि सहयोग गर्ने आश्वासनसहित प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएको थियो । त्यसपछि रास्वपाले उनलाई पार्टीबाट निस्कासन गरेको थियो ।
उनलाई प्रतिबन्धित लागुऔषध बिक्री गरेको अभियोगमा कास्की प्रहरीले पक्राउ गरी कारबाहीसमेत गरेको थियो । यो आरोपका विषयमा भने साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी मौन बसेको छ ।