करिब १७ लाख रुपैयाँ बराबरको चाँदीजस्तो देखिने सेतो धातुसहित एकजना पक्राउ

काठमाडौं । सेतो चाँदीजस्तो देखिने धातुसहित एक जना व्यक्ति नागढुंगाबाट पक्राउ परेका छन् । 

वीरगञ्जबाट काठमाडौं आउँदै गरेका २५ वर्षीय किसन साहलाई नागढुंगा चेकप्वाइन्टबाट अढाइ किलो चाँदीजस्तो देखिने सेतो धातुसहित पक्राउ परेका हुन् । 

१६ लाख ९० हजार रुपैयाँ बराबरको चाँदीजस्तो देखिने सेतो धातुसहित साहलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए। 

मंगलबार बिहान साढे ६ बजे नागढुंगास्थित चेक प्वाइन्टमा म. प्र. ०१-००१ ख ७७२१ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुंगा तथा लागु औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुंगासहितको संयुक्त टोलीले चेकजाँच गर्दा साहको साथमा चाँदीजस्तो देखिने सेतो धातु भेटिएको हो ।

वीरगञ्ज महानगरपालिका- १६ का साहलाई नियन्त्रणमा लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share News