चाबहिल यातायातमा अख्तियारको छापा, प्रमुखसहित २७ जनाको मोबाइल नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल नियन्त्रणमा लिएको छ ।

यातायात व्यवस्था कार्यालय चाबहिलका कर्मचारीले विचौलियामार्फत सवारीचालक अनुमतिपत्र दिलाउन घुस लिने गरेको उजुरीको आधारमा आयोगले कार्यालयमा छापा मारेको हो ।

आयोग चाबहिलका प्रमुख पेशलकुमार पोखरेलसमेत २७ जनाको ३७ थान मोबाइल नियन्त्रणमा लिएको हो ।

त्यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथबाट ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित तीन जना प्रहरीको मोबाइलमा पनि नियन्त्रणमा लिएको छ । 

उनीहरू यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्रको परीक्षामा खटिएका थिए । 

यस्तै, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका प्रबन्धक बालकृष्ण सिंहसहित ७ जनाको ९ वटा मोबाइलम पनि अख्तियारले नियन्त्रणमा लिएको छ । 

लिखित परीक्षामा फेल भएका व्यक्तिलाई तीन महिना नपुग्दै पुनः लिखित परीक्षामा सहभागी गराएको आरोप अख्तियारको छ ।

यसबारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

Share News