काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) को चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १ अर्ब ६१ करोड ३० लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा २ अर्ब ८३ करोड २३ लाख २६ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ४२ करोड ३ लाख २१ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ३६ करोड ५१ लाख २४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ९ करोड २८ लाख ६७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८ अर्ब ५८ करोड ४८ लाख ४४ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ४० करोड २१ लाख २८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ५७ लाख ९८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ९ अर्ब १ करोड २२ लाख ४६ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ४ करोड ३३ लाख ७८ हजार रुपैयाँ थियो ।
बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६२ करोड १० लाख ६२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३५ अर्ब ९६ करोड ३१ लाख १८ रुपैयाँ छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ५ खर्ब १९ अर्ब १० करोड १३ लाख ४ हजार रुपैयाँ र कर्जा लगानी ३ खर्ब २८ अर्ब १६ करोड २३ लाख २२ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ४ खर्ब ७२ अर्ब ३४ करोड ७४ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २३ अर्ब १७ करोड ७८ लाख १२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६९.६३ प्रतिशत रहेको छ । यस्तै बैंकको आधार दर ५.२० प्रतिशत रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १६.६० रुपैयाँबाट घटेर ९.४५ रुपैयाँमा सीमित छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.२० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९४.७७ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ७.९० प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ५.८६ प्रतिशत खराब कर्जा थियो ।