भिसा लागेपछि मात्र पैसा तिर्नू : अमेरिकी दूतावास

काठमाडौं । के तपाईं अमेरिका जान  व्यवसाय वा पर्यटन भिसाका लागि अन्तर्वार्ता दिँदै हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईंले अगाडि नै भिसा बन्डको रूपमा पैसा तिर्नु नपर्ने भएको छ ।

अब भिसाका रूपमा अग्रिम बन्ड तिर्नु नपर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

अन्तर्वार्ता अघि बन्ड तिर्दैमा भिसा स्वीकृत हुन्छ भन्ने ग्यारेण्टी नहुने दूतावासले बताएको छ ।

अन्तर्वार्तापछि मात्र कन्सुलरले भिसा पाएमा अधिकृतले सही वेबसाइटको लिंकसहित उपलब्ध गराएर बन्ड कसरी तिर्ने भनेर निर्देशन दिने अमेरिकी दूतावासले उल्लेख गरेको छ ।

अन्तर्वार्ताअघि गरिएको भुक्तानी भने फिर्ता नहुने दूतावासले प्रस्ट पारेको छ । 

अमेरिकाको विदेश मन्त्रालयले अमेरिका प्रवेश गर्नुअघि धरौटी तिर्नुपर्ने देशहरूको सूचीमा नेपालसहित सातवटालाई थपेको थियो ।

गत बुधबार अर्थात जनवरी २१ देखि नेपालीहरूले अमेरिकाको भिसा निवेदनसँगै ५ देखि १५ हजार डलर ९७ लाख २२ हजारदेखि २१ लाख ६६ हजार १९३ नेपाली रुपैयाँ० सम्म शुल्क तिर्नुपर्ने व्यवस्था गरिसकेको छ ।

नेपालसहित यी देश  :

अल्जेरिया, अंगोला, एन्टिगा एन्ड बार्बुडा, बंगलादेश, बेनिन, भुटान, बोत्स्वाना, बुरुन्डी, काबो भेर्दे, आइभरी कोस्ट, क्युबा, जिबुटी, डोमिनिका, फिजी, गाबोन, द गाम्बिया, गिनी, गिनी बिसाउ, किर्गिजस्तान, मलावी, मौरिटानिया, नामिबिया, नाइजेरिया, साओ टोम एन्ड प्रिन्सिपे, सेनेगल, ताजिकिस्तान, तान्जानिया, टोगो, टोंगा, तुर्कमेनिस्तान, टुभालु, युगान्डा, भानुआतु, भेनेजुएला, जाम्बिया र जिम्बाब्वे ।

Share News