काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।मंगलबार (आज) श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रेष्ठलाई पार्टीमा स्वागत गरेका हुन् ।
अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठ पार्टीमा प्रवेश गरेको जानकारी दिए।
श्रेष्ठ यसअघि रास्वपाबाट समानुपातिक सांसद थिए । सांसद रहँदा स्वास्थ्यमन्त्री बन्ने उद्देश्यले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए ।
उक्त अडिओ सार्वजनिक भएलगत्तै रास्वपाले उनलाई पार्टीबाट निष्कासन गरेको थियो ।