कपिलवस्तुमा ५४ मतदानस्थल अतिसंवेदनशील

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि कपिलवस्तुमा ५४ वटा निर्वाचनस्थल अतिसंवेदनशील रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रिपेन्द्रकुमार सिंहले यस जिल्लामा ५० मतदानस्थल संवेदनशीलको सूचीमा रहेको जानकारी दिए ।

उनका अनुसार सामान्य मतदानस्थल ७९  र संवेदनशील मतदान केन्द्र १०२ वटा छन्।

कपिलवस्तुमा २३५ वटा मतदानस्थल र ४९० वटा मतदान केन्द्र छन् ।

कपिलवस्तुमा कुल मतदाता ३ लाख ९६ हजार २६५ मतदाता रहेको सूचना अधिकारी सिंहले जानकारी दिए । 

१ लाख ८४ हजार ४१५ महिला र २ लाख ११ हजार ८४६ पुरुष मतदाता तथा ४ जना अन्य मतदाता रहेका छन् ।

Share News